सोमवार, बैशाख २४, २०८१

नेविसङ्घको अध्यक्षमा महर, महामन्त्रीमा काफ्ले  

4 काठमाडौ भाद्र २, नेपाल विद्यार्थी सङ्घ ११ औं महाधिवेशन अन्र्तगत बुधवार भएको निर्वाचनको मतगनणा पछि नयनसिंह महर १ हजार ३सय ३४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १ हजार २सय ९ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी संघको महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित हुनुभएको छ । संघको निर्वाचनमा ३ हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।