बिहिबार, बैशाख २०, २०८१

एक साताभित्र बायोग्यास उत्पादन मेसिन राजधानीमा भित्रिदै

काठमाडौ भाद्र ४, काठमाडौं महानगरपालिकाले जैविक फोहरबाट बायोग्यास निकाल्ने योजना अनुरुप मेसिन एक साताभित्र राजधानी ल्याउँने भएको छ । युरोपेली सङ्घकोे ८० र कामपाको २० प्रतिशत लगानीमा उक्त मेसिन राजधानी ल्याउँन लागेको हो ।  बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिनुभयो । मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ ।

कामपाका अनुसार तत्काललाइ उक्त मेसिनबाट कामपाका वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी रहेको जनाउँदै प्रस्तावित लक्ष्य पुरा भएमा कामपाका अन्य वडामा समेत मेसिन स्थापना गर्दै फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न तयारी रहेको जनाएको छ ।