बुधबार, बैशाख १९, २०८१

सत्ताघटक दलवीच कुरा नमिलेपछि मन्त्रीपरिषदको बैठक स्थगन

काठमाडौं आषाढ २४ , प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण आज बिहान बोलाईएको मन्त्रीपरिषदको बैठक कार्यसूचीमा प्रवेश images-18नगरी स्थगन भएको छ ।  प्रमको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेको बैठकमा मन्त्रीहरुले विभिन्न विषयमा छलफल गरे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभएको छ ।

यद्यपी आजको बैठक स्थगन गरिनुमा प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण भनिएपनि मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषदबाट गरिने निर्णयमा सत्ताघटक दलवीच कुरा नमिलेपछि बैठक स्थगित समाचार सुत्रको दावी रहेको छ ।