सोमवार, बैशाख २४, २०८१

संघको महाधिवेशन गराउन ५ सदस्यीय निर्देशक समिति गठन

काठमाडौ श्रावण १०, नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशन समयमै गराउन ५ सदस्यीय निर्देशक समिति गठन गरेको छ । नेविसंघको अधिवेशनको मिति नजिकिएसंगै पार्टीले केन्द्रीय कार्यसमिति सदस्य डा. प्रकाशसरण महतको 4नेतृत्वमा ५ सदस्यीय निर्देशक समिति गठन गरेको हो । समितिको सदस्यहरु किशोर सिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल रहेका छन् । सदस्य चारै जना नेविसंघका पूर्व अध्यक्ष हुन् । भट्टराई र घिमिरे कांग्रेस नेता रामचन्द्र पौडेल निकट हुन् भने महत, राठौर र पौडेल देउवा निकट हुन् । नेविसंघको महाधिवेशन श्रावण २३ देखि २६ गतेसम्म राजधानीमा हुँदै छ ।
यसैवीच  बिभिन्न जिल्लामा प्रतिनिधि विवाद रहेको भन्दै अध्यक्षका उम्मेदवार कुन्दन काफ्ले समुहले विरोध जनाउदै आएको छ । काफ्ले समुहले समयमै अधिवेशन हुनुपर्ने र प्रतिनिधि बिवाद मिलाउनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतवार देखि रिले अनसन सुरु गरेको छ ।