सोमवार, बैशाख २४, २०८१

उपत्यकाबाट मजदुर संगठनका अध्यक्षसहित ७३ बन्दकर्ता पक्राउ

काठमाडौ श्रावण १०, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको आजको बन्दको क्रममा मीनभवनमा ट्याक्सी जलाउने काममा संलग्न भएको भन्दै मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
13833534_10205679642624042_1014954450_oयसअघिको बन्दमा पनि ट्याक्सी आगजनी गरेको आरोपमा पक्राउ परेका कुमाल केही दिनमै रिहा भएका थिए । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समर्थित माओवादी कार्यकर्ताले काठमाडौंका २ वटा ट्याक्सीमा आगजनी गरेका छन् भने ललितपुरको मंगलबजारमा १ ट्याक्सी तोडफोड गरेको थाहा भएको छ । यसैवीच उपत्यकाबाट ७३ बन्दकर्ता पक्राउ परेको प्रहरीले जनाएको
बन्दका कारण  सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन् ।  लामो दुरीका सार्वजनिक यातायात चल्न नसक्दा यात्रु भने अलपत्र परेका छन । त्यस्तै  बन्दले विद्यालय  भने प्रभावित     बनेको छ ।  फोटो :पद्मसागर कक्षपति