शनिबार, बैशाख २२, २०८१

बहुमतिय सरकार बनाउँने तयारी स्वरुप देउवा र प्रचण्डवीच ७ बुँदे सहमति, मोर्चालाइ ८ मन्त्रालय दिने नितिगत प्रतिवद्धता

काठमाडौ आषाढ २९,  नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारबाट आफ्नो समर्थन फिर्ता लिएसंगै नयाँ सरकार बनाउँन सुरु भएको नयाँ राजनैतीक श्रृखलाका लागि काग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच सात बुँदे सहमति भएको खुलासा भएको छ ।  त्यस्तै व्यवस्थापिका संसदमा सवैभन्दा ठूलो दल नेपाली काँग्रेस संग भएको उक्त सहमतिको क्रममा संविधानप्रति असन्तुष्टी प्रकट गर्दै झण्डै एक वर्षदेखि आन्दोलनमा रहेको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका a369b3अध्यक्ष राजेन्द्र महतोको समेत उपस्थिती रहेको लाई साक्षी राखेर नेपाली स्रोतको दावी रहेको छ ।

समाचार स्रोतका अनुसार काग्रेस र माओवादीका शिर्ष नेतावीच भएको छलफलमा सहमतिको ड्राफ्ट बनाउने जिम्मेवारी काग्रेस नेता विमलेन्द्र निधी र रमेश लेखक, माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनले निर्वाह गरेको बताउँदै उक्त ७ बुँदे सहमतिको ड्राफ्ट सहित काँग्रेस ,माओवादी केन्द्र र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोवीचवीच पनि छलफल भएको दावी गरिएको छ ।

त्यसपछि महतोकै उपस्थितिमा भएको उक्त बैठकमा मधेसी मोर्चा सरकारमा आउँदा उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय दिने प्रतिबद्धता ब्यक्त गर्दै दुई नेताले सात बुँदेमा हस्ताक्षर गरेको बताईएको छ । यसैवीच संयुक्त लोकतान्त्रिक मधेसी अब नयाँ बन्ने गठबन्धनमा सहभागि हुँदै व्यवस्थासपका संसदमा हुँने प्रधानमन्त्रीको चुनावमा माओवादी अध्यक्ष दाहाललाई सघाउने तयारीको सवालमा नितिगत निर्णय गर्न आज मोर्चाको बैठक बस्ने तयारी   रहेको थाहा भएको छ ।