आइतवार, बैशाख २३, २०८१

परिवार दलको दोस्रो महाधिवेशनको सम्पूर्ण तयारी पूरा

परिवार दल मुलुकमा वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा स्थापित भएको प्रवक्ता पौडेलको जिकिर

काठमाडौं आषाढ १९, आगामी आषाढ २१ र राजधानीमा सम्पन्न हुन गइरहेको नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  ‛असल परिवार र समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नारा सहित नेपाल प्रज्ञा प्रतिष्ठानमा IMG_0311[1]हुने महाधिवेशनको विषयमा जानकारी दिन आज नेपाल परिवार दलले आज आयोजना गरेको पत्रकार सममेलनमा महाधिवेशनलाई सभ्य, भव्य एवम् व्यवस्थित रूपले सम्पन्न गर्न विभिन्न १७ वटा समिति गठन गरिएको दलका प्रवक्ता सन्तोषकुमार पौडेलले जानकारी दिनुभएको छ ।

साथै पत्रकार सममेलनमा दिईएको जानकारी अनुसार दलको आसन्न महाधिवेशनमा देशैभर सम्पन्न जिल्ला, क्षेत्र र प्रादेशिक अधिवेशनबाट चयन भएका १ हजार २ सय प्रतिनिधि सहित भारत लगायत विभिन्न १५ देशका प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरुको समेत महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता रहने जानकारी दिदै दलका प्रवक्ता सन्तोष पौडेलले अधिवेशनमा मुख्य राजनीतिक दलहरुका शिर्ष नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताउँनु भएको छ ।    मुलुकका २४० निर्वाचन क्षेत्र र ७५ वटै जिल्लामा सङ्गठन रहेको नेपाल परिवार दलको हाल १ लाख सदस्य र ३२ हजार क्रियाशील सदस्य रहेको परिवाल दलको पहिलो अधिवेशन २०६७ सालमा भएको थियो ।

त्यस्तै अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्ने परिवार दल पछिल्लो समय मुलुकमा वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा स्थापित भएको बताउदै प्रवक्ता पौडेलले दलको दुई दिनसम्म चल्ने उक्त महाधिवेशनमा संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषणा गरी तराई मधेशको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने लगायतका बिषयहरुमा महाधिवेशनमा बृहत रुपमा छलफल हुने जानकारी दिनु भएको छ ।

Press Release-1त्यस्तै पत्रकार सम्मेलन पछि  जारी विज्ञप्तिमा     परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ संविधानको कार्यान्वयनमा जोड दिंदै संविधान एक गतिशील दस्तावेज भएकाले समयानुकुल जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने, भूकम्प पछिको पूनर्निर्माणलाई प्राथमिकता दिंदै देशलाई समृद्ध, स्वाधीन र आत्मनिर्भर बनाउनका लगि राष्ट्रसेवा र जनसेवामा लाग्न सबै राजनीतिक दल, नागरिक सबैमा अपिल गर्ने, भ्रष्टाचार, गरीबी र अशिक्षाको रोगबाट देशलाई मुक्त गर्न सबै क्षेत्रबाट सुशासनको अभ्यास गर्न यथोचित वैज्ञानिक र व्यवहारिक शैक्षिक कार्यक्रम अगाडि बढाउन नीति निर्माण देखि स्थानीय तह सम्म परिचालित गर्नुपर्ने, नैतिकवान समाज नै लोककल्याण्कारी आदर्शवाद परोपकारी राज्य निर्माणको जग भएकाले सामाजिक–सांस्कृतकि–आर्थिक रूपान्तरणका साथसाथै नैतिक उत्थानका कार्यक्रमहरूलाई शहरदेखि ग्रामीण स्तरसम्म अगाडि बढाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने, संविधान जारीसँगै अधिकांश राजनीतिक मुद्दाहरू सम्बोधन भइरहेकाले अबका दिनहरू विकास निर्माण, रोजगारी सिर्जना, नागरिकहरूको आर्थिक स्तर माथि उकास्न केन्द्रीत हुनुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुबीच छलफल हुने बताईएको महाधिवेशनका लागि करिब ३० लाख खर्च लाग्ने र उक्त खर्च महाधिवेशन प्रतिनिधि दर्ता शुल्क, पार्टीको केन्द्रीय तथा प्रादेशिक पदाधिकारी एवं सदस्यहरुबाट प्राप्त सहयोगबाट ब्यहोरिने आर्थिक व्यवस्थापन समिति संयोजक गोविन्द मिश्रले जानकारी दिनुभएको  उल्लेख गरिएको  छ ।   नेपाल परिवार दलको व्यवस्थापिका–संसद्मा दुई सिटको प्रतिनिधित्व रहेनुको अलावा दलका अध्यक्ष एकनाथ ढकाल वर्तमान मन्त्रिपरिषद्मा शान्ति तथा पुनर्निर्माणमन्त्रीको जिम्मेवारीमा रहनु भएको छ ।