आइतवार, बैशाख २३, २०८१

नासु कर्ण र मुख्य सहायक पौडेलविरुद्ध मुद्धा दायर

काठमाडौ आषाढ १९,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिविसमा कार्यरत नासु विपिनकुमार कर्णविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले कर्ण विरुद्ध अनुसान्धानको क्रममा निजले सरकारी सेवा गर्दाको सुरुको अवस्थामा र बढुवाको akhtiyar-600प्रयोजनका लागि विहार विद्यालय परीक्षा समितिबाट जारी े शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भन्दै आज मुद्धा दायर गरेको हो । आयोगले कर्ण विरुद्ध दायर गरेको मुद्धामा हदैसम्मको कारबाहीको माग गरेको छ ।

यस्तै आयोगले आजै जनप्रिय क्याम्पस सिमलचौर पोखरामा मुख्य सहायक पदमा कार्यरत नारायणी पौडेल चालिसेले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुख्य सहायक चालिसेले पेस गरेको उत्तर प्रदेशबाट सन् १९९२ मा माध्यामिक तह उत्तीर्ण गरिएको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको आयोगले जनाएको छ ।