आइतवार, बैशाख २३, २०८१

विदेश पठाइदिने भनी ठगी गर्ने पण्डित र तामाङ र पक्राउ

काठमाडौ आषाढ १९,  महानगरीय अपराध महाशाखाको विशेष टोलीले विदेश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले hatkadi-1आज पक्राउ गरेको छ । यसरी पक्राउ गरिएका अभियुक्तद्दयमा धापासीका देवजङ्ग पण्डित र धादिङका ३३ वर्षीय यमन तामाङ रहेको प्रहरीले जनाएको छ ।
पण्डितले बूढानिलकण्ठ नगरपालिका–१७ का मच्छे श्रेष्ठसंग रु २२ लाख ठगी गर्दै दक्षीण अफ्रिकासम्म पु¥याई अलपत्र पारी फरार भएका थिए भने तामाङले अफगानिस्तान पठाईदिन्छु भनी रु पाँच लाख ५० हजार लिई दुवईमा पु¥याएर अलपत्र पारेको प्रहरीले जनाएको छ ।

त्यस्तै पक्राउ परेका पण्डित र तामाङलाई ठगी मुद्दामा थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ चलान गरेको महाशाखाले जनाएको छ ।