शनिबार, बैशाख १५, २०८१

नेपाल महिमा दर्शाउँदै चैतन्य

काठमाडौ श्रावण १६, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष, धर्म–अध्यात्मका प्रखर प्रवचक चैतन्यकृष्णले काठमाडौं पशुपतिनाथ क्षेत्रमा नेपाल महिमाको प्रवचन गरिरहनु भएको छ । गत श्रावण ९ गतेदेखि २२ गतेसम्म चल्ने
नेपाल महिमा प्रवचन तस्वीर 4नेपाल महिमा एवं शिवकथामृत प्रवचन ॐ नमः शिवाय परिवारको आयोजनामा सञ्चालन भएको बताइएको छ ।धार्मिक क्षेत्रमा युवा पँक्तिबाट धर्म–अध्यात्मका प्रवक्ताको रूपमा मानिने चैतन्यले समष्टिमा मातृत्त्वको महत्त्व, विशालताको बारेमा वैज्ञानिक ढङ्गबाट प्रवचन गर्दै आउनु भएको छ । धर्म, संस्कारले मातृशक्तिलाई अपहेलना गर्छ भन्ने गरेको हाम्रो समाजमा सनातन वैदिक धर्म संस्कारले मातृशक्तिलाई पुरुषलाई भन्दा बढी अधिकार र सम्मान दिएको पुष्टि गर्दै सो अधिकारको मातृजगतले सदुपयोग गर्नसक्नु पर्नेतर्फ उहाँको प्रवचन केन्द्रीत हुने गरेको छ ।

राजनीतिक कारणबाट दिनानुदिन असक्षम र अपहेलित हुँदै गयो भन्दैमा हामी नेपालीले जन्मभूमिप्रतिको कर्तव्य बिर्सन हुन्न, नेपालको वास्तविक महिमा हामीले जान्नु पर्छ र सो वास्तविकता के छ त्यसलाई जानेर बचाउनसक्नु पर्ने हामी सबै नेपाली नागरिकको काँधमा दायित्त्व आएको छ । व्यास गद्यीबाट चैतन्यले प्रतिदिन गर्ने प्रवचनको आसय सहित नेपाल भूमिको महिमा, यहाँ रहेको साधन, स्रोत एवं प्रकृतिप्रदत्त संपदा आदिको र धार्मिक एवं आध्यात्मिक दृष्टिबाट नेपालसँग अन्य मुलुकको तुलना नहुने कृष्णचैतन्यको सारगर्भित प्रवचन । भइरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।