शनिबार, बैशाख १५, २०८१

साल्टट्रेडिङले अव आफ्नो सेवा विस्तार गर्दै पेट्रोलियम पदार्थको कारोबार  गर्ने

 सेयर होल्डरलाई १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने निर्णय सहित, भूकम्प प्रतिरोधी भवन निर्माणका लागि आवश्यक सामग्री बिक्री वितरण गर्ने तयारी

काठमाडौ ज्येष्ठ २६, सर्वसाधारण जनतालाई सुपथ मूल्यमा अति आवश्यक वस्तु सर्वसुलभ रुपमा उपलब्ध गराउँदै आएको साल्टट्रेडिङ कर्पाेरेसनको आज राजधानीमा सम्पन्न ४९औं वार्षिक साधारणसभाले गत वर्ष झै आफ्ना सेयर होल्डरलाई १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै गत आव २०७१/७२मा कर्पाेरेसनले रु ६ अर्ब ९६ करोड बराबरको कारोबार गरेको थियो भने चालु आवको वैशाख मसान्तसम्ममा रु  ४ अर्ब ८५ करोड बराबरको कारोबार गर्न सफल भएको जानकारी दिईएको छ । समग्रमा  रु ५६ करोड ४५ लाख मुनाफा आर्जन गरेको जानकारी दिईएको थियो ।

त्यस्तै कर्पाेरेसनले यसअघि नुन, चिनी, खाना पकाउने ग्यास, खाद्यन्न (चामल र दाल) तथा रासायनिक मलको कारोबारलाइ विस्तार गर्दै निकट भविष्यमानै पेट्रोलियम पदार्थको कारोबार समेत गर्ने जानकारी दिईएको छ । साल्टट्रेडिङ सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले साधारण सभालाइ सम्बोधन गर्ने क्रममा अगामी वर्षदेखि पेट्रोलियम पदार्थको कारोबार सञ्चालनमा ल्याउँने तयारी भएको जानकारी दिनु भएको हो ।

त्यस्तैगरि साधारण सभालाइ सम्बोधन गर्ने क्रममा कर्पाेरेसनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारले संस्थालाई ८५ हजार मेट्रिक टन रासायनिक मलको कारोबार गर्न इजाजत दिएकोमा हालसम्म ५० हजार मेट्रिक टन मल आयात गरिसकेको जानकारी दिँदै बाँकी ३५ हजार मेट्रिक टन मल आयातमा प्रक्रियामा रहेको जनाउ दिदै उहाँले साल्टट्रेडिङ कर्पाेरेसनले आफ्नो व्यावसायिक मयार्दालाइ कायम राख्दै अमेरिकी कम्पनीसंगको व्यावसायिक सहकार्यमा भूकम्प प्रतिरोधीमा आधारित भवन निर्माणका लागि आवश्यक सामग्री बिक्री वितरण गर्न लागेको जानकारी दिनुभएको छ । साथै उहाँले यसको सम्झौता समेत भइसकेको जानकारी दिदै केहि समय पछिनै यस क्षेत्रमा पाइला चालिने बताउँनु भएको छ ।
त्यस्तै गरि साधारणसभामा उहाँले चिनीको बजार अनियन्त्रित भइ प्रतिकिलो रु ८० ८५ पुगेको अवस्थालाइ दृष्टिगत गर्दै मन्त्रीपरिषदको निर्णय अनुरुप सहुलियतदरमा चिनी विक्रि वितरण ३० हजार मेट्रिक टन आयात गर्न लागिएको जानकारी दिनुभएको छ । साधारण सभामा कर्पाेरेसनले बालहितकारी पुरस्कार विभिन्न विधागत छात्रवृद्धि र कर्पाेरेसनका प्रेसिडेन्ट स्व हेमबहादुर मल्लको स्मृतिमा  स्थापित सम्मान समेत वितरण गरिएको थियो ।