बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद् बैठकः उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत ,उपराष्ट्रपति पुन ज्येष्ठ २८ गते चीनको औपचारिक भ्रमणमा जाँदै

सम्पत्ति सुद्धिकरणसम्बन्धी नियमावली–२०७३ छलफलका लागि विधेयक समितिमा पठाइने
जनआन्दोलन २०६२/६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्य उपचारका लागि रु १६ लाख ५६ हजार सहयोग उपलब्ध गराइने

काठमाडौ ज्येष्ठ २६, आज बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ । उपराष्ट्रपति mantriparisadपुनको आगामी ज्येष्ठ २८ गतेदेखि असार २ गतेसम्म हुने मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदै हुँनु हुन्छ ।
त्यसैगरी बैठकले  विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ र सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गनुैका अलावा सम्पत्ति सुद्धिकरणसम्बन्धी नियमावली–२०७३ छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।

साथै आजको बैठकले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलकशर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ ।त्यस्तै बैठकले थाइल्यान्डमा उपचार गराउँदै आउनुभएका जनआन्दोलन २०६२÷६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्य उपचारका लागि रु १६ लाख ५६ हजार सहयोग नेपाली राजदूतावासमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।