शनिबार, बैशाख १५, २०८१

सनराइजको विशेष साधारण सभा सम्पन्न,एक्विजिशन सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं ज्येष्ठ २०, सनराइज बैंक लिमिटेडको विशेष साधारण सभा बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडज्यूको सभापतित्वमा सम्पन्न भएको छ ।  यसअघि सनराइज तथा नारायणी नेशनल फाइनान्स लिमिटेड बीच, सनराइजले नारायणी नेशनल फाइनान्स Press Release-EGMलिमिटेर्ड प्राप्ती (एक्विजिशन) गर्ने सम्वन्धी भएको अन्तिम सम्झौता अनुरुप शेयरधनीहरुको सहमती लिने गरि दुबै संस्थाको विशेष साधारण बोलाईएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

आज सम्पन्न साधारण सभाबाट बैंकले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई एक्विजिशन गर्ने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरिएको र अव अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने बैंकले जनाएको छ ।  त्यस्तै गरि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त गरी आगामी आषाढ मसान्त भित्रै एकिकृत कारोबार प्रारम्भ गर्ने योजना रहेको जनाइएको छ । प्राप्ती पश्चात सन्राइजको चुक्ता पुँजी ४ अर्ब पुग्ने, शाखा संख्या ६७ पुग्नुका साथै निक्षेप ५० अर्ब र कर्जा ४३ अर्ब पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।