शनिबार, बैशाख १५, २०८१

संसद बैठकमा नियमावली मस्यौदामाथि छलफल सुरु

काठमाडौ आषाढ ५, व्यवस्थापिका संसदको आजको बैठकमा नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले दफावार छलफलका लागि प्रस्तुत गर्नुभएको संसद् नियमावली, २०७३ को मस्यौदामाथि आजबाट छलफल सुरु भएको छ । सो नियमावली बनाउन विसं २०७२ असोज २५ गते समिति बनाउने निर्णय भएको थियो । संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको सदनको नियमावलीका केही बुँदाका विषयमा सत्ताघटक दल र प्रमुख विपक्षी दलका बीचमा विवाद देखिएका कारण आजको मिति सम्मपनि उक्त CA_20141009085850-2 (1)मस्यौदाले पूर्णता पाउन सकेको थिएन ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तुत प्रतिवेदन उपरको छलफलमा भाग लिदै सदनलाई वैचारिक प्राज्ञिकस्थल बनाउनु माग गर्नु भएको छ । त्यस्तै काँग्रेसका सासंद आनन्दप्रसाद ढुङ्गानाले नयाँ संविधान जारी भएपछि पनि पुरानै कानुन अनुरुप राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन हुने तर संसदीय सुनवाइ समितिको गठन किन नहुने भन्ने प्रश्न गर्दै नियमावली ल्याउन सरकार बाधक भएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा आजको बैठकमा संसदीय सुनवाइ समितिमा प्रमुख विपक्षी दल काँग्रेसका सासदहरुले पुरानै संरचना अनुसार ७५ सदस्यीय हुनुपर्ने र सत्तारुढ दल एमाले र नेकपा (माओवादी केन्द्र) का सासदहरुले नयाँ संविधान अनुसार १५ सदस्यीय हुनुपर्ने अडान सहितको तर्कविर्तक गर्दै गरेको उल्लेख गरिएको छ ।