बुधबार, बैशाख १२, २०८१

राजधानीमा एमाले नेतृत्वको गठबन्धन सरकारको अर्कमण्यता विरुद्ध वृहत धर्ना

भूकम्पबाट प्रताडित उपत्यकाका जनताको पिडाप्रति सरकार उदासिन भएको सासंद जोशीको आरोप

काठमाडौ आषाढ ४,  काठमाडों काँग्रेस क्षेत्र न ८को आयोजनामा आज राजधानीमा नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले जनताको आधारभुत आवश्यकता प्रति देखाएको अदासिनता एवम् प्रदर्शन गरेको अर्कमण्यताको विरोध गर्दै ध्यानाकर्षण सहित वृहत धर्ना कार्यक्रमको 13473837_10204660416389023_1060198748_n आयोजना गरिएको छ ।

13480445_10204660416629029_1428251415_nकाँग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नं ८ का सांसद नविन्द्रराज जोशीको अगुवाइमा भएको उक्त धर्ना कार्यक्रमलाइ सम्बोधन गर्दै सासंद जोशीले गत वैशाख १२ मा भएको भूकम्पबाट प्रताडित उपत्यकाका जनताको पिडाप्रति सरकार उदासिन भएको आरोप लगाउँदै वर्तमान सरकारले भूकम्प पिडित जनताको भावनामाथि राजनिति गर्नुको अलावा पिडित जनताको नाममा जम्मा भएको भूकम्प पिडित राहत कोषको समेत दुरुपयोग गरेको बताउँनु भएको छ । त्यस्तै उहाँले सम्बोधनको क्रममा सरकार जनताको आधारभुत आवश्यकताप्रति मुकदर्शक बनेको भन्दै आक्रोस व्यक्त गर्नुको अलावा 13474241_10204660417549052_2006171526_nमुलुकमा व्याप्त महँगी, भ्रष्टाचार, कालोबजारी, कर वृद्धि, खानेपानीको अभाव दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै भूकम्पपछि भत्किएका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणको काममा समेत सरकारले ढिलासुस्ती गरेको बताउनु भएको छ ।

धर्नामा सहभागीहरुले नारावाजी सहित भूकम्प पिडित जनताको भावनामाथि राजनिती नगर्न र पुर्ननिर्माण प्राधिकरणमा हुँदै आएको एमालेकरण तत्काल बन्द गर्दै काठमाडौं महानगरपालिकाले हालै सरकारको निर्णय भन्दै गरेको करवृद्धि समेत खारेज गर्न चर्को नारा लगाएका थिए । धर्नामा सांसद जोशी सहित करिब १५० जनाको सहभागिता रहेको थियो ।