शनिबार, बैशाख १५, २०८१

वरिष्ठ सङ्गीतकार गुरुङको निधनबाट गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति: सभापति देउवा

काठमाडौ ज्येष्ठ २५, राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ तथा सैनिक गान ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’का सङ्गीतकार एवम् नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति अमर गुरुङको गएराती नि���न ुभएकोमा भावपूर्ण समवेदना व्यक्त गर्दै sher-bahadur-deuwa3नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गायक तथा सङ्गीतकार स्वर्गीय अम्बर गुरुङ नेपाली गीत–सङ्गीत आकाशका एक उज्ज्वल तारा हुनुहुन्थ्यो र यस क्षेत्रको श्रीवृद्धिमा उहाँको महत्वपूर्ण योगदान पु-याउनुभएको बताउनुभएको छ ।

सभापति देउवाले आज एक शोक विज्ञप्ति प्रकाशित गरी गुरुङले नेपाली गीत–सङ्गीतका क्षेत्रमा पु-याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै र सङ्गीतकार गुरुङको निधनबाट राष्ट्रले हजाराँै गीतका एक वरिष्ठ सङ्गीतकार गुमाएको, गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा सभापति देउवाले भन्नुभएको छ – “उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

यसैबीच, स्व गुरुङको निधनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै शोक विज्ञप्ति प्रकाशित गरी नेपाली गीत–सङ्गीतका उज्ज्वल नक्षत्र एवम् अथक साधक, राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको निधनले आफूलाई दुःखी र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । उहाँले विज्ञप्तिमा कालजयी गीत–सङ्गीतका सिर्जनाका कारण यसका पारखीमाझ गुरुङ सधैँ अमर रहनुहुनेछ । उहाँको निधनले नेपाली गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँले स्व गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।