बुधबार, बैशाख १२, २०८१

केडिया अपहरण प्रकरणमा नेविसंघका केन्द्रीय सदस्य यादव पक्राउ

भारतीय नोटसहित पक्राउ

काठमाडौं ज्येष्ठ २५ , नेपाल प्रहरीले केहि समय अगाडि अर्थात गत ज्येष्ठ १३ गते उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेवि संघका सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई आज पक्राउ गरेको जनाएको छ । अपहरणकारीलाई सहयोग गरेको भन्दै प्रहरीले 1457780878nepal-policeयादवलाइ पक्राउ गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ भने अपरहणमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई यसअघिनै पक्राउ गरिसकेको छ । अपहृत उद्योगी केडियालाई भारतीय प्रहरीको सहयोगमा भारतबाट अपरहणमुक्त गराइएको थियो ।

यसैवीच प्रहरीले भिमफेदी–२ स्थित प्रहरी चेकपोष्टमा चेकपाँचको क्रममा निजगढबाट काठमाडौंतर्फ जांदै गरेको ना.४० प १६३१ नम्बरको मोटरसाईकलमा सवार बारा निजगढ नगरपालिका–४ बस्ने ३० वर्षीय टंकप्रसाद ढुङगानालाई लुकाई छिपाई ल्याएको एक हजार दरका १ सय ६१ थानमा रहेको १ लाख ६१ हजार भारतीय रुपैयाँसहित सोमबार पक्राउ गरेको जनाएको छ । उनलाई उक्त भारतीय रुपैयाँसहित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको जनाएको छ ।