शुक्रबार, बैशाख १४, २०८१

मुक्तबन्दी कृष्ण केसीद्वारा पूर्वराजा र पूर्वप्रमविरुद्ध आयोगमा उजुरी दर्ता

काठमाडौ ज्येष्ठ ३०, द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका मुक्तबन्दी कृष्ण केसीले आज सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउनुभएको छ । बागलुङ नगरपालिका वडा नं ३ स्थायी ठेगाना भएका केसीले पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराउनुभएको हो ।

आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई बुझाएको उजुरीमा जनयुद्ध सुरु भएदेखि २०६२ ÷०६३ को जनआन्दोलनसम्मका सरकारका प्रधानमन्त्री र शाही कदममार्फत सत्ता हातमा लिएका पूर्वराजा ज्ञानेन्द्र शाह युद्धकालका प्रमुख दोषी भएकाले कारबाहीको दायरामा ल्याउन अपिल गरिएको छ ।

यस्तो छ केसीले आयोगमा दर्ता गराएको उजुरीको फेहरिस्त

Muddha-1 Muddha-2 Muddha-3 Muddha-4