बिहिबार, बैशाख २०, २०८१

फिफाको निर्देशनपछि एन्फामा बर्खास्त गरिएका उपाध्यक्षद्दय  र सदस्यको पुनर्बहाली

काठमाडौ ज्येष्ठ  २१,  विश्व फुटबल महासङ्घ फिफाले पुनर्बहाली गर्न दिएको निर्देशनबमोजिम एन्फाले आज कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राईलाई उपाध्यक्षमा र पङ्कजविक्रम नेम्वाङलाई सदस्यमा पदस्थापन सहित पुनर्बहाली गरेको छ ।

All_Nepal_Football_Associationएन्फाले आज पुनर्बहाली गरेका शेर्पा, मानन्धर र राईलाई गत असोज ११ गते बर्खास्त गरेको थियो । साथै तीन उपाध्यक्ष र एक सदस्यको पुनर्बहालीसँगै उनीहरुको ठाउँमा यसअघि मनोनयन भएका पु उपाध्यक्ष मणि कुँवर, सन्तोष बानियाँ र वीरबहादुर खड्का तथा सदस्य अरुणमान जोशीले दिएको राजीनामा स्वीकृत गर्दै एन्फाले बानियाँलाई मानार्थ उपाध्यक्ष र जोशीलाई मानार्थ सहस्य मनोनित गरेको छ ।

त्यस्तै एन्फाको आजको बैठकले गत वर्षको भूकम्पपछि दुर्घटनामा परी निधन भएका तत्कालिन कावा अध्यक्ष लतितकृष्ण श्रेष्ठको अर्धकदको सालिक एन्फा परिसरमा यही जेठ २९ गते स्थापना गर्ने निर्णय गरेको छ ।