शुक्रबार, बैशाख १४, २०८१

नेवि सङ्घमा नयाँ कार्यसमितिको संरचना १सय ५१ सदस्यीय बनाउँन प्रस्ताव

13332862_10154220038492329_9204697543883718734_nकाठमाडौ ज्येष्ठ २५, नेपाली काँग्रेसको मुख्यालय सानेपामा आजबाट सुरु भएको नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तयारी बैठकम महाधिवेशन प्रयोजनको लागि १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको छ ।

 सङ्घका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा बसेको उक्त बैठकले प्रस्तावित १५१ केन्द्रीय समितिको संरचनामा अध्यक्ष एक, उपाध्यक्ष ११, महामन्त्री एक, सहमहामन्त्री १४, कोषाध्यक्ष एक, प्रत्येक प्रदेशबाट मधेसी, छात्रा, जनजाति दलितसहित सात जना सदस्य, छात्रा खुला १२, प्रविधितर्फ ४ , नेपाल सांस्कृतिक विश्वविद्यालय २ पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि, काठमाडौँ विश्वविद्यालयबाट एक/एक, त्रिवि आङ्गीक क्याम्पस छात्रासहित सात, सामुदायिक क्याम्पस ४ , पिछडिएको क्षेत्र ३ , विदेश, मुस्लिम, अपाङ्ग एक÷एक, काठमाडौँ उपत्यकाबाट सात र सिटिइभिटीबाट २ जना त्यस्तैगरि ३ उपाध्यक्ष, १ महामन्त्री, ४ सहमहामन्त्री, मधेसी, दलित, जनजातीसहित छात्रा सात, दलित, जनजाति एक÷एक जना, महाधिवेशन आयोजक जिल्ला एक र खुला पाँच गरी २३ जना मनोनित गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

त्यस्तै संघका प्रवक्ता युपी लामिछाने  बैठकमा महाधिवेशन हुने समय, महाधिवेशन प्रतिनिधिबाट मनोनित केन्द्रीय सदस्य हुने व्यवस्था, वर्तमान समितिले महाधिवेशन लड्न पाउने वा नपाउने भन्ने सवालमा समेत छलफल भएको जानकारी दिद ११ औँ महाधिवेशन आगामी असार २८, २९ र ३० वा साउन २२, २३ र २४ गते गर्ने प्रस्ताव अगाडि सारिएको जानकारी दिनु भएको छ । बैठक भोलि पनि बस्दै नितिगत निर्णय गर्ने तयारी रहेको बताईएको छ ।