शुक्रबार, बैशाख १४, २०८१

टेलिभिजनको अनियमितताको घटना छानबिन गर्न उपसमिति

काठमाडौ आषाढ १२, व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय नेपाल टेलिभिजनमा भएको भनिएको अनियमितताको छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन नभएकोमा सोको छानबिन गर्न आज ५ सदस्यीय संसदीय उपसमिति गठन गरेको छ ।
एक महिना भित्र प्रतिवेदन बुझाउँने कार्यादश सहित गठित उपसमितिको संयोजकमा सांसद डोरप्रसाद उपाध्याय रहेको छ भने सदस्यहरुमा सांसदत्रय विकास लम्साल, पार्वती डिसी चौधरी र मोहनबहादुर बस्नेत रहनुभएको छ । त्यस्तै बाँकी एक सदस्यको नाम पछि तय गरिने बताईएको छ ।

त्यस्तै बैठकले नेपाल टेलिभिजनका कर्मचारीलाइ जिम्मेवारी बमोजिमको कार्यसम्पादन गर्न गराउँन आवश्यक व्यवस्था तत्काल मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन समेत दिने निर्णय गरेको छ । त्यस्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको विज्ञापनदाता ‘वल्र्ड मिडिया ब्यान्ड हाउस’कम्पनीले उपलब्ध गराउनुपर्ने रकमको चेक नक्कली फेला पारेसँगै अनियमितताको घटना सार्वजनिक भएको थियो ।