बिहिबार, चैत्र १५, २०८०

दुई लाखको माग गर्दै काँग्रेले जिप्रका मार्फत प्रधानमन्त्रीलाई बुझाए ज्ञापन

काठमाडौ आषाढ १२,  काँग्रेस केन्द्रीय समितिको आव्हानमा आज उपत्यकालगायत भूकम्पले अति प्रभावित १४ वटै जिल्लाका जिल्ला 13517786_1156346004385809_281515773_oप्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । यसैक्रममा काठमाडौं काँग्रेसले पनि आज भूकम्पपीडितलाई एकमुष्ट रु दुई लाख दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी मार्फत 13509565_1156346144385795_1128988328_oप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा भूकम्प गएको १४ महिना बितिसक्दा पनि सरकारले काठमाडौका भूकम्पपीडितको लगत सङ्कलन नगरेको, राजधानीको भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा ढिलाइ हुनुको अलावा पुनःनिर्माणको कार्यलाइ ओझेलमा पारिएको त्यस्तै नक्सा पास, महानगरपालिकाले बढाएको कर घरजग्गा कर वृद्धि एवम् काला बजारि नियन्त्रण लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।

ज्ञापनपत्र बुझाउँनु अघि काँठमाडौं काँग्रेसले जिल्ला प्रशासन कार्यालय परिसरमा काठमाडौका सासदत्रय क्रमस नविन्द्रराज जोशी, राजन केसी राज्यलक्ष्मी श्रेष्ठ लगायत काठमाडौ काग्रेसका सभापति सबुज बानिया, सचिब राज कुमार नकर्मी ,सदस्य अमिन पाण्डे लगायत छेत्रीय सभापति समेतको उपस्थितीमा पार्टीका महासमिति , महाधिबेसन प्रतिनिधिले धर्ना दिएका थिए ।  फोटो  सौजन्य : अमिन पाण्डे