शुक्रबार, बैशाख १४, २०८१

आज २६ जुन : दूव्र्यसनी विरुद्धको दिवस

बसन्त शर्मा / नेपालगन्ज,आषाढ १२ , Drug use among young people  hasbeen a serious problem which has concerated a huge amount of money   आज दूव्र्यसनी विरुद्धको दिवस संयुक्त राष्ट संघले दूव्र्यसनिमा फसेकाहरुको आवाज सुनौं भनेको छ ।
‘Substance used as a medicine’- Drug लाई अक्सफोर्ड डिक्सनेरीले अर्थ दिने क्रममा भनेको छ । तर त्यही औषधीको जब दुरुपयोग बढ्न थाल्यो त्यसको प्रत्यक्ष असर देशमा रहेका युवायुवतीमा परेको छ । लागु पर्दाथको रुपमा जसरी ड्रग्सको प्रयोग बढ्न थाल्यो त्यसको सापेक्ष अपराधहरु  बढ्न थालेका छन् । ‘अपराध र ड्रग्स’ – अहीलेको सामाजीक समस्याका रुपमा रहेको छ तर नियन्त्रणका उपायलाई कडाइकासाथ लागु नगरिने हो भने नेपालगन्जका विकास क्षेत्री जस्तै अकालमा ज्यान गुमाउनेको संख्या दिन प्रतीदिन बढ्दै जाने गरेको यर्थार्तले आफ्नोबाटो फराकिलो पार्छ र समस्याले अफ्रिकी मलुकको रुप लीन धेरै समय लाग्ने छैन ।

विभिन्नखाले अपराधबीच लागु पर्दाथ दूव्र्यसनीले निमत्याएका अपराधीक घटना पछिल्ला समय वृद्धि भइरहेको नेपाल प्रहरी लगाएत यो विषयमा अध्ययन अनुसन्धान गरिरहेका सघं संस्थाहरुहरुको तथ्याङ्कमा उल्लेख छ । मुख्यतया माध्यामिक शिक्षा लिइरहेका देखि कलेजमा अध्ययनरत यूवा पीडि र वेरोजगार युवायुवती ‘ड्रग्स’को कूलतमा फसेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट आयात र निर्यात हुने गरेको क्षेत्र मध्य बाँके जिल्ला पनि एक हो । नेपालगन्ज नगरसँग जोडिएका आसपासका सिमावर्ती गाउँमा आश्रय लिएर ‘ड्रग्स’ र अन्य लागु पदार्थ भण्डारण,सेवन र निर्यात आयात गर्ने थलोका रुपमा रहेको जानकारीमा छ । बाँकेको जयसपुर लगाएत भारतीय सिमावर्ती राप्ती नदी छेउका गा्रमीण भेगहरु हँुदै दाङ्ग,सुर्खेत,दैलेख,सल्यान रोल्पा र प्यूठानसम्म लागु पर्दाथ सप्लाई हुनेगरेको श्रोतको जानकारी रहेको छ ।

नेपालगन्ज नगरपालीकामा मात्रै ५–७ वटा त्यस्ता केन्द्र रहेका छन् ,जहाँ खुलेयाम लागु पर्दाथ वेचविखन हुँदै आइरहेका छन् । दिनप्रतीदिन लागु पदार्थ दूव्र्यसनीका कारण थुप्रै अपराधीक घटना बाँके लगाएतका अन्य जिल्लामा बढीरहेको उदाहरणका रुपमा लिन सकिन्छ–‘नेपालगन्ज–५ गणेपुरका विकास क्षेत्रीको ज्यान उनकै कुनैबेलाका ‘ड्रग्स’ प्रयोग कर्ता मित्रको छुरी प्रहारबाट जानुले ।’ २०६५ कात्तिक १२ गते बेलुकाको ८ः०० बजे नेपालगन्जको मुटु मानिने निकै व्यस्त बजारको स्थानीय धम्बोजी चौक नजिक रहेको मस्जिद जाने साँघुरो गल्लीमा कुनै बेलाका आफ्नै मित्र नेपालगन्ज–२ का विनोद साहको छुरी प्रहारबाट  क्षेत्रीको  ज्यान गयो ।
छिमेकी र प्रत्यक्षदर्शी उनीहरु दुवैजना ‘ड्रग्स यूजर’ रहेको बताउँछन भने नाम उल्लेख नगरीदिने शर्तमा आफु पनि दुवै जनाको नजिकको मित्र बताउने एक युवकले भने–‘के गर्नु,लामको पैसामा दुइ जनको झगडा थियो ।’ उनिहरुको भाषाम ‘स्म्याक’लाई लाम भन्छन् । ‘crimes are acts that pose a threat to society and criminals are people who commit such acts’- अमेरीकी लेखक Joseph F Sheley    Exploring Crime’ का भनाईहरु ह’न जसले समाज र अपराधका विषयमा आफ्नो पुस्तक Exploring Crime’ मा व्याख्या गर्दै भनेका छन् ।

लागुपर्दाथ र ड्रग्सको प्रयोगका कारण देशमा हिंसा predatory ,दूव्र्यसनी अपराध (vicecrime), संगठित अपराध (organized crime र क्रमशःसम्मान जनक  Respectable crime  दिन प्रतिदिन बढिरहेको जानकारहरु बताउँदछन् र दैनीक जीवनमा घटनाहरु सुन्न अनि देख्न पनि सकिन्छ ।  बाँके जिल्ला भएर भित्रिने लागुपदार्थ मध्य सबै भन्दा धेरै ब्राउन सुगर र स्मयाक रहेको छ त्यसैगरि भारतबाट उत्पादीत नेपालमा बेच्न प्रतिबन्धित थुप्रै ग्रुपका औषधी रहेका छन् । साथै मध्यपश्चिमका जिल्ला सल्यान,प्युठान,रोल्पा र दाङ्ग बाट बाँके हुँदै हरियो गाँजा र चरेस नेपालबाट निर्यात हुन्छ । त्यस्तै यसवीचमा  कम परिमाणमा अफिम समेत नेपाल भित्रिने गरेको छ ।  त्यस्ता लागुपदार्थ र ड्रग्स भित्र्याउन लगानी गर्नेहरु सीमावर्ती नाकाका केही स्थानियवासी त्यसैगरी केही मेडीकल, औषधी पसले र केही डिष्टिब्यूटर्स समेत प्रतिबन्धित ड्रग्स बेच्ने काममा लगानी गरि अवैध व्यापार गरिरहेका छन । उक्त विषयमा नेपालगन्जमा रहेको औषधि व्यवस्था विभाग मौन र अनभिज्ञ देखिन्छ । जिल्लाका ती विभिन्न नाकाहरु जो भारतीय सिमासँग जोडिएका छन त्यहाँ लागु पदार्थ भण्डारण हुने गरेको विषयमा स्थानीय प्रहरीले सक्रियताकासाथ अनुसन्धान र कारवाही अगाडी बढाउन जरुरी छ । समस्या लागु पदार्थ दूव्र्यसनी त्यसमा पनि ड्रग्सको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न सामाजिक समस्याका साथै अपराध समेटिने भएकाले सामाजीक असुरक्षाको स्थितीमा सुधार ल्याउनु पर्ने अहिलेको महत्वपूर्ण सवाल हो ।