शुक्रबार, बैशाख १४, २०८१

३ किलो कोकिनसहित चिनियाँ नागरिक मान पक्राउ

काठमाडौ ज्येष्ठ १६, मलेसियन एयरको एमएच ११५ नंको फलाइटद्वारा मलेशियाको क्वालालम्पुर हुँदै हङ्कङ जान लागेका पासपोर्ट नं के ०२३३४५७५ वाहक २१ वर्षीय चिनियाँ नागरिक चुन मान होलाई तीन केजी १७७।५ ग्राम लागुऔषध कोकिनसहित पक्राउ गरेको छ ।
kokin-402x316मानलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी अनुसार सुटकेसको पिँधमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध कोकिन बरामद भएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । बरामद अवैध लागुऔषध कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य रु छ करोड ३५ लाख ५० हजार रहेको पनि प्रहरीले जनाएको छ ।