बुधबार, बैशाख २६, २०८१

जबरजस्ती करणी गर्न खोज्ने महरा पक्राउ

काठमाडौं ज्येष्ठ १६, काठमाडौं महानगरपालिका महाराजगंजस्थित कोसेली गेष्टहाउसमा एक युवतीलाई जबरजस्ती करणी गर्न खोजको 1457780878nepal-policeअभियोगमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने बैतडी दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय सोमे महरालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
युवतीलाई ललाई फकाई गेष्ट हाउसमा लगी जबरजस्ती करणी गर्न खोजेपछि पीडितले महानगरीय प्रहरी बृत्त महाराजगंजमा जानकारी गराए पश्चात काठमाडौं नारायणटारबाट महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।