शुक्रबार, बैशाख १४, २०८१

बडीमालिका क्याम्पसका प्रमुख सहित लेखापरीक्षद्दय विरुद्ध मुद्दा दायर

काठमाडौं ज्येष्ठ १६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बडीमालिका क्याम्पस कलदेवमाडौँका क्याम्पस प्रमुख नवराज जैसी र akhtiyar-600लेखापाल लालबहादुर रावलले रु ३७ लाख ७१ हजार ९४१ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार क्याम्पस प्रमुख जैसी र लेखापाल रावलले विभिन्न आर्थिक वर्षमा क्याम्पसमा प्राप्त भएको रकमको झुठा बिल भर्पाइ बनाई बद्नियतपूर्वक भ्रष्टाचार गरेको उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले लेखा परीक्षकद्वय तिलकबहादुर थापा र चेतबहादुर बमले पनि क्याम्पसले तयार पारेको झुठा र बद्नियतपूर्ण बिल तथा भर्पाइलाई पुष्टि गरी गलत कामलाई प्रश्रय दिएको आयोगको ठहर गर्दै आरोपी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।