शनिबार, बैशाख १५, २०८१

संयुक्त विद्यार्थी सङ्गठनद्वारा विद्यालय अनुगमन,  शिक्षा नियमावली विपरीत भर्ना शुल्क लिएकोमा आपत्ती

काठमाडौ वैशाख २२, संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयलाई आजदेखि अनुगमन सुरु गरेको छ । सङ्गठनको मङ्गलबार बसेको बैठकले निर्णय अनुसार मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटकपटक आग्रह गरे पनि अटेर गरेको imageभन्दै अनुगमन गर्न निर्णय गरेअनुसार आजबाट अनुगमन सुरु गरेको हो ।

अनुगमनको क्रममा आज युलियन्स र रातो बङ्गला विद्यालयमा अनुगमन गरिएको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिदै प्रस्तुत विद्यालयले शिक्षा नियमावली विपरीत अर्थात युलियन्सले कक्षा १ मा रु २८ हजार र रातोबङ्गलामा रु २५ हजार भर्ना शुल्क लिदै आएको बताउँनु भएको छ ।