शुक्रबार, बैशाख १४, २०८१

यातायात विभाग र व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

काठमाडौ ज्येष्ठ १३ , ट्राफिक नियम उल्लङ्घन गरेकामा लाग्ने शुल्क बढाएको भन्दै आन्दोलित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ट्रक व्यवसायी महासङ्घ र यातायात क्षेत्रको ट्रेड युनियन सम्मिलित संयुक्त सङ्घर्ष समिति र यातायात व्यवस्था विभाग बीच आज भएको वार्ता विनानिष्कर्ष टुङगीएको छ ।

आन्दोलित यातायात व्यवसायीले विहिवार बिहानैदेखि उपत्यकामा चक्काजाम गरेपछि सिर्जित समस्या समाधानको लागि आज भएको वार्ता शुक्रवार पुन वार्तामा बस्ने गरि टुङ्गिएको बताई पनि प्राप्त समाचारमा बढाइएको जरिवाना शुल्क खारेज गर्नुपर्ने मागबाट व्यवसायिको तसमस नभएपछि आजको वार्ता विनानिष्कर्ष टुङगीएका उल्लेख गरिएको छ ।