बिहिबार, चैत्र १५, २०८०

साल्ट ट्रेडिङ विरुद्ध फेरि गिद्दे दृष्टि सहित संस्था माफिया सल्बलाउँन थाले

साल्ट ट्रेडिङ विरुद्ध भारतीय पूर्वसांसद सोमाभाइले यसपटक उपप्रम रावललाइ प्रभावमा पार्दै
 सोमाभाइ  फेरिपनि साल्ट ट्रेडिङको नून बिक्री वितरण लाइसेन्स हत्याउँने प्रपञ्चमा

काठमाडौं ज्येष्ठ १४ , ४ दशक भन्दा लामो समयअघि स्थापित साल्ट ट्रेडिङग कर्पोरेसन लिमिटेड आम नेपाली उपभोक्ता समक्ष विश्वसनीय र आकर्षक सस्थाको रुपमा आफुलाइ उभ्याउँन सफल भएको छ । त्यसमाथि पनि राज्यको अर्थनीति भित्रै प्रतिस्पर्धात्मक ढङ्गले अघि बढिरहेको साल्ट ट्रेडिङगले समय र परिस्थितिको गतिसँगै आफूलाई ढालेर आम उपभोक्ता समक्ष सफलतापूर्वक उभिदै उपभोक्ताको सेवामा प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणा अनुरुप समर्पित रहदै आएको छ । त्यस्तै संस्थाले सेवामुखी अवधारणालाई अझ् प्रभावकारीरुपमा कार्यान्वयन गर्नेक्रममा भारतबाटै आयातित आयोडिनयुक्त नून अपत्यारिलो गरी सस्तो मूल्यमा नेपाली उपभोक्तामाझ भारतीय बजार भन्दा सस्तो मूल्यमा उपलब्ध गराउने नीतिको निरन्तरता दिनु संस्थाको सेवामुखी उद्देश्यको गतिलो उदाहरण बन्नुको अलाव राष्ट्रियता र स्वदेशीपन सहित नेपाली जनताको स्वास्थ्य र आवश्यकता परिपूर्ति गर्दै विपदको बेलामा समेत चुस्त र दुरस्त सेवा प्रदान गर्दै आएको साल्ट ट्रेडिङग कर्पोरेशनको गरिमा दिनानुदिन बढ्दो रहेको छ ।  तर साल्ट ट्रेडिङगको बढ���दो गरिमा र जनविस्वासबाट अत्तालिएका केहि राष्ट्रिय एवम अन्तराष्ट्रिय संस्था माफियाको आर्थिक प्रभावमा पर्दै मुलुकका उच्चपदस्थ राजनैतिक नेता मन्त्री र वरिष्ठ कर्मचारीहरु साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आइरहेको नूनको एकाधिकार खोस्ने योजनामा फेरी सल्बलाउँन थालेको समाचार प्राप्त भएको छ ।

यसपटक भने ति संस्था माफियाले  मुलुकको उपप्रधानमन्त्री समेत रहेका एमाले नेता भिम रावल मार्फत राष्ट्रियता र स्वदेशीपन सेवामुखी उद्देश्य सहित क्रियाशिल साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आइरहेको आयोडिन  नूनको बिक्री– वितरणको काम खोसेर निजी क्षेत्रलाई दिनु पर्नेमा भन्दै विगतमा जस्तै स्वदेशी र विदेशी भैष्ट संस्था मा।फियाहरु उप्रम रावलको अगिपछि लाग्दै भजन गाउँन थालेको र यो काम भए राम्रै धनराशीको नजराना उपलब्ध गराइने योजना सहित लागि परेको स्रोतले जनाएको छ ।

यसअघि पनि तत्कालीन आपूर्ति तथा वाणिज्य मन्त्री सुनीलबहादुर थापाले केहि विदेशी संस्था माफियाको आर्थिक प्रभावमा पार्दै साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आइरहेको नूनको एकाधिकार खोस्ने योजना बुन्दै मन्त्री थापाले  केहि समयअघि कुटनैटिक मर्यादाको समेतको ख्याल नगरी भारतीय लोकसभाका पूर्वसांसद समेत रहेका सोमाभाइ पटेलले भारतबाट नेपालमा आउने आयोडिनयुक्त नूनमा भ्रष्टाचार भइरहेको भन्ने आशय सहित नेपाल सरकारका प्रधानमन्त्री लगायत आपूर्ति तथा वाणिज्य मन्त्रालयमा गरको पत्राचारलाई मेसो बनाउँनुको अलावा यो छानविन त्यो छानविन भन्दै साल्ट ट्रेडिङले वर्षौदेखि बिक्री वितरण गर्दै आएको नूनको बिक्री वितरणको लाइसेन्स आफुलाइ आथिर्क नजराना उपलब्ध गराउँने शर्तमा भारतस्थित गुजरात राज्यका अमुक नुन व्यापारीलाई दिने र यसबाट राम्रै आर्थिक लाभ लिने मशाय अनुरुप स्वदेसी संस्थालाई धराशाही बनाउँन लागि परेको खवर यसअघि सार्वजनिक भएपछि मन्त्रीथापा पछि हटेका थिए ।

मुलुकको भूगोल अनुरुप नेपाल सरकारको ढुवानी भाडामा अनुदान सहित २२वटा दुर्गम जिल्ला र सुगम जिल्लाको पहिचान गरि फरक फरक ब्राण्डमा नून विक्री वितरण गर्दै नेपालको हिमाल देखि तराईसम्मको भौगोलिक विविधतालाई आत्मासात गर्दै सार्क मुलुककै तुलनामा सस्तो र सुलभ ढङगबाट वितरण प्रणालीलाई ७५ जिल्लामा पु०याउँदै आएका कर्पोरेसनको प्रभावकारिताबाट अत्तालिएका तिनै तत्व अर्थात भारतीय संसद लोकसभाका पूर्वसांसद समेत रहेका सोमाभाइ पटेलले कुटनैटिक मयार्दाको समेतको ख्याल नगरि पटकपटक नेपालका मन्त्री नेतागण र उच्चपदस्थ कर्मचारीको मोलमोलाइ गर्दै साल्ट ट्रेडिङगको गरिमा माथि गिद्दे दृष्टि लगाउँदै आएका छन ।

समाचार स्रोतका अनुसार जनस्वास्थ्य संग प्रत्यक्ष जोडिएको आयोडिन युक्त नुनको कारोवार आफ्नो इशारामा गर्ने र नेपाली जनताको स्वास्थ्य माथि खेलवाड गर्ने लक्ष्य सहित पूर्वसांसद समेत रहेका सोमाभाइ पटेलले मुलुकका पछिल्लो समय मुलुकका उपप्रधानमन्त्री रावल सहित मन्त्रालयका उपल्लादर्जाका कर्मचारी समेतलाई प्रभावमा लिदै कर्पोरेसनको एकाधिकारका कारण भ्रष्टाचार भएको र उक्त भ्रष्टाचार रोक्न नून बिक्री वितरणको जिम्मा निजी क्षेत्रलाई दिनु पर्ने आशयको प्रतिवेदन बनाउँन लागिपरेको  समाचार स्रोतको दावी रहको छ । त्यस्तै यसरी बन्ने प्रतिवेदनमा नूनको बिक्री वितरण निजी क्षेत्रलाई दिदा नुनको मूल्य अहिलेको परल मूल्यभन्दा भन्दा निकै सस्तो पर्ने भन्ने जस्ता भाषागत व्यवस्था राख्न पनि चलखेल भइरहेको र यसको लागि घुमाउरो पारले मन्त्रालयमा चर्चा हुाने गरेको मन्त्रालय स्रोतले बताएका छन ।    स्मरण रहोस नेपालमा साल्ट ट्रेडिङले १८ रुपैयाँमा नुन बेच्छ । जुन नूनको भारतमा खुद्रा मूल्य प्रतिकेजी भारु १४ रुपैया देखि १७ रुपैया सम्मका मूल्यमा विक्री भइरहको छ । यसरी नूनको नेपाली मूल्य हेर्ने हो भने ने रु २३ देखि २७ रुपैया प्रति केजी प्याकेटको पर्छ भने यस्तो अवस्थामा नूनको विक्री निजी क्षेत्रलाई दिदा नूनको मूल्य अहिलेको परल मूल्यभन्दा भन्दा निकै सस्तो कसरी हुँने त्यो बुझन मात्र होइन लोकसभाका पूर्वसांसद सोमाभाइ पटेलको स्वार्थ आफैमा के हो भन्ने पनि बुझ्न कुनै आइतवार लाग्दैन ।

साथमा यो पनी