शुक्रबार, बैशाख १४, २०८१

ज्येष्ठको दोस्रोसाताबाट बिजयेश्वरी माताको कलेबर फेर्ने १२वर्षे मेला मनाइदै       

काठमाडौं  ज्येष्ठ १२ ,  राजधानीको कामपा १५  वडास्थित एतिहासिक महत्वको   बिजयेश्वरी   माताको   परम्परागत  कलेबर फेर्ने १२  वर्षे मेला  एक भव्य कार्यक्रमकावीच   आगामी  ज्येष्ठ १८ गतेबाट सुरु गरिने भएको  छ ।  विद्याधरी देवी  चतरयोगिनी बिजयेश्वरी   माताको १२ वर्षे  13296222_1137420319611711_710738288_nमेला  ज्येष्ठ १८ गते तान्त्रिक पूजा गर्दै    भएपनि आषाढ १ गतेबाट  सुरु हुने   मेलाको पूर्व तयारी स्वरुप  आज  मन्दिरका गुर्जु , नेपाल प्रहरी स्थानीय संघसंस्था र समाजका गन्य मान्य महानुभावको उपस्थितीमा     तयारी बैठकको आयोजना गरिएको  छ ।   मन्दिर परीसरमा  आयोजित  उक्त बैठकमा     आषाढ   १ गते मातालाई निर्मल तिर्थ मा महास्नान गराउने र भाद्र १ गते राष्ट्रप्रमुख  बाट प्रथम दर्शन गराइने   जानकारी परम्परागत  १२ वर्षे पूजा आयोजना समितिका सचिव माणिकरत्न शाक्यले जानकारी दिनु भएको  छ ।

त्यस्तै  मन्दिरका मुलपूजारी  यज्ञमापति बज्राचार्यले  यसअघि  ३ पटक Capture 123माताको  यस्तो पूजा सम्पन्न गरिसकेको  जानकारी दिदै  प्रस्ततु पूजालाइ पनि राष्ट्रिय पूजाको मान्यता दिइनु पर्ने बताउँनु भएको  छ ।   साथै विद्याधरीको कलेवर फेर्ने पूजा निर्विध्नपूर्वक सम्पन्न गर्न सहयोगका लागि विभिन्न संघ, संस्था र निकायसँग आग्रह समेत गर्नु भएको छ ।

पूजाको लागि विगतमा अत्याआवश्यक  आर्थिक स्रोत  भक्तजन स्थानीय चन्दादाता  र राज्यका सरोकारवाला निकाय गुठी संस्थान  र पूर्व राजा ज्ञानेन्द्र शाखबाट प्राप्त भएको  जानकारी दिदै यस १२ वर्षे पूजाको लागि पनि सोहि मुताविकको  सहयोग प्राप्त हुँने  अपेक्षा  पूजा आयोजक समितिले लिएको  जानकारी दिईएको  छ ।  त्यस्तै आजको प्रारम्भिक बैठकमा  उपस्थित स्थानीयहरुले बिजयेश्वरी   माताको   परम्परागत  कलेबर फेर्ने १२  वर्षे    पूजालाइ भव्य बनाउँन आवश्यक सुझाव दिनु भएको  थियो  ।  -अमिन पाण्डे