शनिबार, बैशाख ८, २०८१

उपत्यकामा बिहानैदेखि चक्काजाम,३वटा सवारीसाधन तोडफोड, १५५ जना पक्राउ

काठमाडौं ज्येष्ठ १३ , ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेका छन् । यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई ज्येष्ठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु १ हजार ५०० सम्म पु-याएको भन्दै चोकचोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेको हो । चक्काजामका कारण आज Captureकाठमाडौ उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन नचलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैवीच चक्काजाम एकेवद्धता नजानाएको भन्दै आन्दोलनरतमा उत्रेका प्रदर्शकारीले राजधानीको विभिन्न क्षेत्रमा ३ वटा सवारी साधनमा तोडफोड गरेका छन् । उनीहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको हो ।

राजधानीको गौशाला, बालाजु, ललितपुरका विभिन्न स्थानबाट १५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारणलाई गन्तव्यमा पुग्न निकै सास्ती खेप्नु परेको छ । बन्दका कारण कतिपय शैक्षिक संस्थाहरु समेत बन्द छन् । तर निजी सवारी साधन भने निर्वाध रुपमा सञ्चालन भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।