शुक्रबार, बैशाख १४, २०८१

चेम्बरद्दारा बजेटको स्वागत

काठमाडौ ज्येष्ठ १७, नेपाल चेम्बर अफ कमर्सले आगामी आव २०७३/७४ का लागि सरकारले शनिवार व्यवस्थापिका संसदको बैठकमार्फत सार्वजनिक गरेको बजेट सन्तुलित रहेको जनाएको छ । त्यस्तै विज्ञप्तिमा सरकारले पहिलो पटक औद्योगिक क्षेत्र, विकास आयोजना, राजमार्ग Captureर सार्वजनिक   निकायमा बन्द, हडताल निषेधित क्षेत्र घोषणा गर्नु  एवमे चालु बजेटमा राजस्व प्रशासनको सुधारका लागि केन्द्रीय राजस्व बोर्ड गठन गर्ने विषय सराहनीय भएको उल्लेख    भन्दै   चेम्बरले बजेट     स्वागत योग्य भएको जनाएको छ ।

साथै विज्ञप्तिमा बन्द, हडताल गर्ने, आवागमन र आयोजनाका काममा बाधा उत्पन्न गर्ने र भौतिक सम्पत्तिमा क्षति पु-याउने आयोजकबाट क्षतिपूर्ति भराइने व्यवस्था पनि त्यतिकै  महत्वपूर्ण  स्वागतयोग्य भएको जनाउँदै आयकरको सीमा वृद्धि गरी व्यक्तिका हकमा रु दुई लाख ५० हजारबाट वृद्धि गरी रु तीन लाख ५० हजार र दम्पतीका हकमा रु तीन लाखबाट बढाएर रु चार लाख पु¥याउनु परिवारको सङ्ख्याका आधारमा अपर्याप्त भएको चेम्बरले जनाएको छ ।