शनिबार, बैशाख १५, २०८१

गरिवी निवारणमा लघुवित्तको महत्वपूर्ण जिम्मेवारी: प्रमओली

काठमाडौं  ज्येष्ठ २,  “उद्यमशीलताको विकास, गरिवी निवारणको निकास” भन्ने मुल नाराकासाथ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उ्घाटन गर्दैै प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालको गरिबी निवारण गर्ने सन्दर्भमा लघुवित्त संस्था download (1)र यसमा आवद्ध महिलाहरुको विशेष भूमिका रहेको कुरा उल्लेख गर्नुभयो । गरिब हुनै नहुने मुलुकमा गरिबी छ । यति सुन्दर र अवसर नै अवसरले भरिएको मुलुकमा गरिब हुनु दुर्भाग्य भएको उल्लेख गर्दै यसका लागि सरकारले विशेष कार्यक्रम ल्याईसकेको बताउँनु भएको छ ।

त्यस्तै लघुवित्त क्षेत्रमा क्रियाशील लघुवित्त संस्थाहरुमध्ये अगुवा संस्थाहरुको आयोजना एवम् स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजित प्रस्तुत सम्मेलनले ग्राहक सुरक्षण तथा विकास, लघुवित्त सेवामा अति विपन्न वर्गको समावेश, लघुवित्तमा देखिएका विकृति तथा विचलन ग्राहकलाई अत्यधिक कर्जा लगानी तथा अनावश्यक भार, ग्राहक सदस्यको स्तरोन्नति तथा उद्यमशीलताको विकासका सवालमा आवश्यक छलफल पछि घोषणापत्र जारी गरी सम्मेलनको समापन गरिने बताईएको छ ।