बिहिबार, चैत्र १५, २०८०

कभर्डहल निर्माण भ्रष्टाचारमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं ज्येष्ठ २,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला खेलकुद विकास समिति, दार्चुलाको कभर्डहल निर्माणका क्रममा रु १० लाख ६५ हजार ९७३ भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि akhtiyar-600पुस्करका अनुसार कभर्डहल निर्माणमा प्राप्त रकम अनियमित रुपमा खर्च गरेको भन्ने उजुरी छानबिन गर्दा दार्चुला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष एवम् कभर्डहल निर्माण समितिका संयोजक तथा सदस्यसमेतको मिलेमतोमा नभएको तथा नगरेको कामलाई पनि भए गरेको भनि झुठा बिल तथा भरपाई तयार गरी भ्रष्टाचार गरेको पाइएको विभिन्न ९ जना विरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

यसरी आज आयोगले मुद्धा दायर गरेका हरुमा तत्कालीन संयोजक मञ्जु बम रु दश लाख ६५ हजार ९७३, तत्कालीन संयोजक कल्याणसिंह धामी रु तीन लाख २३ हजार ३१२, तत्कालीन सदस्य भुपेन्द्रराज अवस्थी रु पाँच लाख ७२ हजार ८१२, मानसिंह विक रु तीन लाख २३ हजार ३१२, श्यामराज अवस्थी रु आठ लाख ४२ हजार ६६१, दानसिंह निरौला रु तीन लाख ५० हजार, हरिशचन्द्र भट्ट रु छ लाख ४२ हजार ६६१ र इन्जिनियरद्वय शेखरचन्द्र बडू र मदनराज जोशी रहेका छन ।