शनिबार, बैशाख १५, २०८१

मिर्गौला पीडित सहकर्मीलाई मेगाको सहयोग

काठमाडौं बैशाख १, मेगा बैंकका कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित आफ्नै सहकर्मीलाई पाँच लाख रुपैँया सहयोग गरेका छन् । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थोपचार गराइरहेका मेगा बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई मेगा बैंक कर्मचारी mega-bank-Support[1]युनियनको पहलमा पाँच लाख रुपैँया सहयोग गरिएको हो । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपैंयामा पाँच लाख रुपैँयाको चेक हस्तान्तरण  गर्नुभएको  बैकद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

मेगा बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ हजार ३ सय ९८ र युनियनका सल्लाहकार तथा पदाधिकारीबाट त्यसमा २५ हजार ६ सय २ रुपैँया थप गरी पाँच लाख रुपैँया सहयोग गरिएको हो । मेगा बैंकका सिइओ शाहले आफ्नै सहकर्मीलाई सहयोग गर्नका लागि कर्मचारी युनियनले गरेको पहलको प्रशंसा गर्नुभयो ।