शनिबार, बैशाख १५, २०८१

बार निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, उपप्रधानमन्त्री रावलले पनि गरे मतदान

काठमाडौ चैत्र २०, नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको चयनका लागि आजभएको निर्वाचनमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका काठमाडौँ मतदान केन्द्रबाहेक अरु सबै केन्द्रमा अपरान्ह् ४ बजे नै मतदान सकिएको थियो भने काठमाडौँ मतदान केन्द्रमा भने ५ बजे निर्वाचन सम्पन्न भएको जनाएको छ ।
नेपाल-बार-एसोसिएसन-300x219काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको निर्वाचन समितिले जनाउँदै काठमाडौ केन्द्रमा उपप्रधानमन्त्री भीम रावल, उद्योग मन्त्री सोमनाथ पाण्डे, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व गृहमन्त्री गोविन्दराज जोशी, पूर्व सभामुखहरु दमननाथ ढुङ्गाना र सुवास नेम्वाङले पनि मतदान समितिले जनाएको छ ।
पुनरावेदन अदालतमा १हजार ६सय ८८ काठमाडौं वारमा १ हजार ४ सय ७३ त्यस्तै सर्वोच्चमा ६ सय ४९ र भक्तपुरमा १ सय ६ मत खसेको अधिवक्ता अमिन पाण्डेले जानकारी दिनु भएको छ ।