शुक्रबार, बैशाख १४, २०८१

होलीको नाममा जबर्जस्ती लोला हान्ने, रङ छ्याप्ने कार्य गरे कारवाही

काठमाडौ चैत्र ३,  जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वका नाममा जबर्जस्ती लोला हान्ने, अबिर, रङ तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने रासायनिक पदार्थ छ्याप्ने तथा दल्ने कार्य नगर्न/नगराउन सबैसँग अपिल गरेको छ ।

जिप्रकाले आज एक विज्ञप्ति जारी गर्दै कसैको इच्छाविपरीत लोला हाने वा र लगाउने जस्ता अवान्छित कार्य गरेमा स्थानीय प्रशासन ऐन, २०२८ तथा केही सार्वजनिक (अपराध र कसुर) ऐन, २०२७ को दफा २ तथा ६ बमोजिम कारबाही गरिने जनाएको छ ।