बिहिबार, बैशाख १३, २०८१

नवनिर्वाचित सभापति देउवाले आफ्ना निकटम प्रतिद्धवन्दीद्दय उम्मेदवार पौडेल, सिटौला सहित ७ जना केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं चैत ३,  कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज अपरान्ह काँग्रेस मुख्यालष्यमा केन्द्रीय निर्वाचन समितिले १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण एवम् नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई विजयी भएको 1-e1457068853856प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको छ ।  सभापति देउवाले सम्पन्न निर्वाचनको क्रममा आफ्ना निकटम प्रतिद्धवन्दीद्दय उम्मेदवार रामचन्द्र पौडेल, कृष्ण सिटौला, सहित अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र नरहरि आचार्यलाइ केन्द्रीय सदस्यमा मनोनित गरेको सार्वजनिक उद्घोष गर्नु भएको हो ।

कांग्रेसको विधान अनुसार सभापतिले उपभापति, एक महामन्त्री र सहमहामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनित गर्न पाउँने प्रावधान रहेको छ । साथै आजै केन्द्रीय निर्वाचन समितिले निर्वाचित ६४ जनालाई प्रमाणपत्र वितरण गर्नुको अलावा आजै निर्वाचित पदाधिकारीहरुले पदभार समेत ग्रहण गर्ने तयारी रहेको प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।