शुक्रबार, बैशाख १४, २०८१

हावाहुरीका कारण दुइजना घाइते ,अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण समेत बन्द

काठमाडौ चैत्र १५,  आज अपरान्ह अचानक चलेको हावाहुरीबाट काठमाडौँ उपत्यकामा राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि रुख ढलेर एक Hawahuriजना र काँडाघारीमा एक घरको छतबाट ट्याङ्की खसेर अर्का एक जना घाइते भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
त्यस्तै एक्कासी चलेको हावाहुरीका कारण बाक्लो धुलो फैलिएकाले ‘भिजिबिलिटी’ कम भइ हुँन सक्ने संभावित दुर्घटनालाइ दृष्टिगत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण समेत बन्द गरिएको छ । मौसममा सुधार आएपछि विमानस्थलको सेवा पुनः सुरु गरिने विमानस्थलले जनाएको छ ।