शुक्रबार, बैशाख १४, २०८१

 सौर्य सडक बत्ती जडानका लागि कुरामात्र भए निवेदन आएन: कामपा

काठमाडौ फागुन २१, राजधानीमा बढ्दो लोडसेडिङको समयमा हुन नसक्ने सम्भावित अपराधिक दुर्घटनालाइ न्यूनिकरण गर्ने लक्ष्य सहित महानगरपालिकाले ‘सौर्य बत्ती  जडानको लागि   स्थानीय उपभोक्ताको १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत  लगानी गर्ने  अवधारणा सहित    सुरु गरिएको ‘सौर्य सडक बत्ती’ जडानको प्रक्रियाका लागि निवेदन आह्वान गर्दा कुनैपनि निवेदन नपरेको जनाएको छ ।

कामपा भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार निवेदन आह्वान गरेको १८ दिन बितिसक्दासमेत हालसम्म लिखित रूपमा ‘सौर्य सडक बत्ती’ जडानको लागि एउटा पनि निवेदन नआउँनु अचम्मको प्रसंग भएको बताउँनु भएको छ ।

त्यस्तै संस्थागतरुपमा ‘सौर्य बत्ती’ राख्न चाहेमा ७० प्रतिशत सरकारको र ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ । यद्यपी यसअघि सौर्यबत्ती जडानका लागि विभिन्न चरणमा महानगरका विभिन्न वडामा छलफल हुुँदा व्यवक्तिगत र संस्थागत रूपमानै वत्ती जडानका लागि धेरैले आकंक्षा देखाएको विभागले जनाएको छ । त्यस्तै ‘सौर्य सडक बत्ती’ जडानका लागि आव्हान गरिएको निवेदनको मिति फागुन मसान्तमा सकिदैछ ।