शुक्रबार, बैशाख १४, २०८१

संयुक्त विद्यार्थी सङ्गठनले कालाबजारीको विरुद्ध देशभर विरोध प्रदर्शन गर्ने

स्ववियु निर्वाचनको मिति तोक्न माग

काठमाडौ चैत १८, संयुक्त विद्यार्थी सङ्गठनको आज अनेरास्ववियुको कार्यालयमा आज बसेको बैठकलेले आगामी चैत २१ गते बढ्दो 21 23महँगी तथा कालाबजारीको विरुद्ध देशभर विरोध प्रदर्शन गर्ने निर्णय सहित त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पसमा स्ववियु निर्वाचनको वातावरण तयार गरी मिति सार्वजनिक गर्न माग गरेको छ ।

त्यस्तै बैठकमा आजबाट सुरु भएको एसएलसीको परीक्षालाई मर्यादित बनाउन माग गर्दै शैक्षिक समस्या र शैक्षिक क्षेत्रमा बढ्दो मूल्य वृद्धिको विरुद्ध यही चैत २२ गते शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउनुको अलावा भूकम्प पुनः निर्माण प्राधिकरणलाई अविलम्ब देशका विभिन्न स्थानमा निर्माण अघि बढाउन बैठकले आग्रह गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनु भएको छ ।