शुक्रबार, बैशाख १४, २०८१

कावा सभापति पौडेललाइ ५ सय २६ मतान्तरले पछि पार्दै काँग्रेस सभापतिमा देउवा निर्वाचित

काठमाडौ फागुन २४, नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्र्तगत आज भएको दोस्रो चरणको मतदानबाट आगामी ५ वर्षको लागि काँग्रेस xzfxfxdf 2सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँनु भएको छ । दोस्रो चरणको निर्वाचनको केहिवेर अघि सकिएको मतगणनाबाट काँग्रेस कावा सभापति समेत रहेका रामचन्द्र पौडेललाई ५सय २६ मतान्तरले पछि पार्दै वरिष्ठ नेता देउवा निर्वार्चित भएको हो ।

 निर्वाचनसमितिका अनुसार मतगणनाको क्रममा देउवाले १८२२ मत प्राप्त गरेका थिए भने पौडेलले १२९६ मतमा चित्त बुझाउँनु परेको थियो ।  त्यसोत पहिलो चरणको निर्वाचनमा नेता देउवा ११ मत अपुग भएकै कारण् जिजयस् घोषणा हुन नसक्नु भएको थियो तर आजको निर्वाचनले ११ मत मात्र नभएर स्पष्ट बहुमत सहित काँग्रस सभापतिमा उहाँ निर्वाचित हुनु भएको छ ।