शुक्रबार, बैशाख १४, २०८१

महाधिवेशन प्रतिनिधिमाथि गोली प्रहार, एकको हत्या दुई घाइते

काठमाडौं माघ २३,  धनुषामा नेपाली काँग्रेसका एकजना नेताको हत्या भएको केही घण्टामै पुनः अरु दुई जना नेतामाथी गोली प्रहार भएको छ । गएराती धनुषाको बालाबाखर गाविस–४ का नेपाली काँग्रेस धनुषा १ नम्बर क्षेत्रका क्षेत्रीय प्रतिनिधि ४५ वर्षीय राजेन्द्रप्रसाद यादवको goli-chalyo.jpgहत्या भएको केही घण्टा नबित्दै पुनः अज्ञात समूहले चारनाथ नगरपालिका वीरेन्द्रनगर बजारमा स्थानीय काँग्रेस कार्यकर्ता नसिब राइन र वीरेन्द्र चौधरीमाथि गोली प्रहार गरेको हो ।

यादवको बालाबाखर गाविस–४ स्थित काँग्रेसका समानुपातिक सांसद मुक्ता यादवको भतिजीको विवाहमा सहभागी भई घर फर्कने क्रममा गोली हानी हत्या गरिएको थियो । राईन र चौधरीमाथी भने बिहान मोटरसाइकल आएका दुईजनाले गोली हानेर भागेका थिए । राइनको पिठ्युँमा दुईवटा र चौधरीको खुट्टामा एउटा गोली लागेको छ । गम्भिर घाईते राइनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।