शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं काँग्रेसमा महाधिवेशन प्रतिनिधि को कहाँ ?

काठमाडौं माघ २३ , नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि भएको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन परिणाम आउन थालेको छ। देशका विभिन्न जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिहरुको चयन भएको छ। यसैक्रममा

Congress_Mahadhibetaion_252294018काठमाडौँ १ को क्षेत्रीय सभापतिमा प्रकाश राणा सहित महाधिवेशन प्रतिनिधिमा सांसद मोहनकुमार राई, सुरजचन्द्र लामिछाने, हरिबोल भट्टराई, लीलेन्द्रप्रसाद प्रधान, शान्ता ढकाल, ऋषिराज आचार्य, कल्याणकुमार पाण्डे, इन्द्र थापा, कुबेर रम्तेल, अर्जुनबहादुर श्रेष्ठ र अनिता निराला निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं २ को सभापतिमा उपेन्द्र कार्की सहित महाधिवेशन प्रतिनिधिमा सांसद दीपकप्रसाद कुइँकेल, प्रतिमा गौतम, लोकेश ढकाल, दीपक थापा, रामशरण ढुङ्गाना, उद्धव खड्का, जयराम पुडासैनी, पवित्रा लामिछाने, आनन्दबहादुर श्रेष्ठ, कान्छाबहादुर दुलाल र नहकुल थापालाइ निर्वाचित गरिएको छ।

 क्षेत्र नं ३ को सभापतिमा सन्तोष चालिसे सहित, महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी, गोविन्द पुडासैनी, कृष्णजी खड्का, दुर्गा बराल, विमल ठकुरी, दीपक रिसाल, गजेन्द्र लामा, लता घिमिरे, विष्णुदेवी पुडासैनी, अनिलध्वज कार्की र राजु सुनार चयन गरिएको छ ।
क्षेत्र नं ४ को सभापतिमा राजु श्रेष्ठ सहित, महाधिवेशन प्रतिनिधिमा नरोत्तम वैद्य, आत्माराम पौडेल, ल्हाक्पा लामा, विमल भित्राकोटी, जानुका घिमिरे, अनारदेवी बस्नेत, चिरञ्जीवीनिधि तिवारी, कर्माछिरिङ शेर्पा, साधुराम खड्का, सैलेश सिटौला र सुशील नाहटा निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा रमेश खड्का सर्वसम्मत निर्वाचित हुनुभएको थियो भने महाधिवेशन प्रतिनिधिमा प्रेमबहादुर खड्का, दामोदर खड्का, श्यामबहादुर खड्का, सागर खनाल, मनिष जोशी, राजेन्द्र महर्जन, भीमसेन खत्री, गङ्गा सुनुवार, कृष्णकुमार बस्नेत, अपला गुरुङ र रामेश्वर केसी र्विाचित भएको छ ।
क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी सहित, महाधिवेशन प्रतिनिधिमा काठमाडौँ सभापति भीमसेनदास प्रधान, हरिहर अधिकारी, इन्द्रमान महर्जन, सबुज बानियाँ, वर्षाराम भण्डारी, मुरारी तामाङ, हरिप्रभा श्रेष्ठ खड्गी , जीवन डङ्गोल, अर्जुन नेपाली, रामप्रसाद महर्जन र मोहम्मद निजामुद्दिन निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजालसहित महाधिवेशन प्रतिनिधिमा श्यामलाल श्रेष्ठ, सुदर्शन आचार्य, प्रशान्तमानसिंह मास्के, पुष्पमान मानन्धर, सुरेन्द्रबहादुर श्रेष्ठ, कृष्णदास श्रेष्ठ, अञ्जुसिंह चौधरी, प्रतिमा लामा, प्रमिलासिंह, कमला राजभण्डारी र सन्तोष दमाई निर्वाचित हुनुभएको छ ।
काठमाडौं काँग्रेस ८ मा सभापतिमा- जुद्धरत्न बज्राचार्य सहित महाधिवेशन प्रतिनिधीमा अरुण मानव , नविन चित्रकार , विमला छतुङगेल, मोहन बस्नेत, राजुराज जोशी ,रविन्द्रलाल श्रेष्ठ तेवेन्द्र शाक्य नेविन श्रेष्ठ, विजयगोल श्रेष्ठ, कृष्णा अमात्य , राज्यलक्ष्मी श्रेष्ठलाइ निर्वाचित गरेको छ।
काठमाडौं ९ मा सभापति– जयकृष्ण महर्जन सहित ध्यानगोविन्द रञ्जित , धर्मराज गौतम, दामोदर गौतम, शैलेश कर्माचार्य, मिनबहादु मानन्धर, राजन खत्री, चिनीहेरा शाक्य, रीता दवाडी लाइ निर्वाचित गरेको छ ।
काठमाडौं १० सभापति– पुकार महर्जन राजेन्द्र कुमार केसी राजकुमार नकर्मी दिपेन्द्र आचार्य अमरिका बलामी श्याम कार्की धर्म कसी बद्रीलाल श्रेष्ठ यमुना श्रेष्ठ देवनानी महर्जन बनबारीलाल साह विजय भुसाललाइ निर्वाचित गरेको छ ।