शनिबार, बैशाख १५, २०८१

भ्यालेटनटाइन डे लाई लक्षित गर्दै दरबारमार्गमा तोयाकाराजको आउटलेट

काठमाडौ माघ २७ , युवायुवतीहरुमा प्रसिद्ध रहेको प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको पुर्व सन्ध्यामा तोयाकाराज फ्राइड चिकेनले अब राजधानीको अतिव्यस्त स्थान दरबारमार्ग परिसरमा पनि आफ्नो आउटलेट संचालनमा आएको छ ।
कि म्यान समुहको सेर्पा मलमा संचालन हुँदै आएको क्याफेरिनाबाट सो तोयाकाराजको आउटलेट पनि संचालनमा आएको हो । चिकेन पारखीहरुले जापानीज ब्रान्ड तोयाकाराजको स्वाद दरबारमार्गमा नै लिन सक्ने क्याफेरिनाका संचालक किशोर पाण्डेले जानकारी दिएका छन् । उक्त आउटलेटको औपचारिक उद्घाटन केहि दिनभित्रमा गरिने बताइएको छ ।

जापानमा ३० भन्दा बढि रेष्टुरेन्ट संचालन गर्दै आएको तोयाकाराजका अन्य मुलुकमा पनि शाखा संजालहरु रहेका छन् । नेपालमा यसको पहिलो बिक्री केन्द्र थापाथलीको टे«ड टावरमा रहेको छ । तोयाकाराज जापानले पठाएको मापदण्डअनुसार नै चिकेनको विभिन्न परिकार बनाउने यस शाखाहरुमा स्थानिय चिकेन नै प्रयोग हुने र मरमसाला एवं स्वादहरु जपानबाटै आउने गरेकोे छ ।
तोयाकाराजमा पाइने परिकारहरुको मुल्य न्युनतम १५० रुपैयाँ देखी बढिमा ४३० रुपैयाँसम्म पर्ने छ । तोयाकाराजको स्थानिय बजारमा लोकप्रियता बढ्दै गएकाले आगामी दिनमा आउटलेटहरु विस्तार गरि लगिने जेएफसी नेपालका अध्यक्ष बिनय उपाध्यायले बताए ।