बिहिबार, बैशाख १३, २०८१

आज राजकीय सम्मान एवम् हिन्दू परम्पराअनुसार नै कोइरालाको अन्त्येष्टि गरिने

काठमाडौ माघ २७, काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि आज अपरान्ह राजकीय सम्मानका साथ anup_20160209_21पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै हुने भएको छ । बुधबार अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएको छ ।

स्व कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गरिने जनाएपनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने स्व कोइरालाका पारिवारिकस्रोतले जनाएको छ । त्यस्तै पारिवारिक स्रोतका स्व कोइरालाको दागबत्ती उहाँका भतिजा अतुल कोइरालाले दिने थाहा भएको छ ।