शुक्रबार, बैशाख १४, २०८१

भक्तपुर काँग्रेसमा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुँने

भक्तपुर फागुन १३ , काँग्रेसको आसन्न १३औँ महाधिवेशन अन्र्तगत भक्तपुर काँग्रेसको जिल्ला अधिवेशनको निर्वाचनमा जिल्ला सभापतिको चार उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन हुने भएको छ । भक्तपुरमा बुधवार भएको निर्वाचनपछि प्राप्त परिणाममा उम्मेदवार गणेश चक्रधरले १२५ दुर्लभ थापाले १४७ मत र अष्टकुमार कुँवरले १४४ मत, त्यस्तै गरि राजाराम Congress_Mahadhibetaion_252294018खड्काले ३८ मत प्राप्त गर्नुभएको थियो ।  प्रस्तुत उम्मेदवार मध्ये देउवा समूहका चक्रधर र वागी उम्मेदवारको सोही समूहका थापाले उम्मेदवाररी दिएको थियो भने संस्थापन पक्षका उम्मेदवार कुँवर विरुद्ध पनि खड्काले उम्मेदवारी दिएपछि उम्मेदवारको सख्या ४ पुग्नुको अलावा निर्वाचको क्रममा कुनै पनि उम्मेदवारको बहुमत आउँन नसकेको हो ।

काँग्रेस विद्यानत व्यवस्था अनुरुप अव हुँने निर्वाचनमा संस्थापनका कुँवर र देउवा पक्षका थापाको मत बढी भएको आधारमा दुई जनाबीच आगामी शनिवार पुनः निर्वाचन हुने थाहाभएको छ । तर प्रस्तुत निर्वाचनबाटै सचिव र कोषाध्यक्षमा भने उद्धव सिलवाल १७२ मत सहित त्यस्तै गरि प े विजेश अवाल १४७ मत प्राप्त गरी निर्वाचित भएका छन ।  त्यस्तैगरि महासमिति सदस्यमा भने गणेशमान चक्रधर, रामेश्वर ढुङ्गेल, विनोद कायस्थ, बाबुराजा जोशी, मदनकृष्ण श्रेष्ठ, प्रवीण वन, निशान ढुङ्गेल, रजनी जोन्छे, सुभद्रा काफ्ले, विष्णुराज कार्की, जगन्नाथ कार्की, निर्वाचित हुनुभएको छ भने जिल्ला सदस्यमा किरण न्यौपाने, मुरारी आचार्य, निशान ढुड्ेल, धर्मराज थापा, नवराज दाहाल, प्रेम खत्री, हरि नेपाल, राजनकाजी त्वाती, केदार खड्का, गोकुल शर्मा निर्वाचित हुनभएको छ । साथै महिला सदस्यमा सारदा झा, उर्मिला वन, निलकमल ध्वजू, सचिला खड्का, दलित तर्फ राम बोगटी र रोजी विशुङ्खे, आदीवासी जनजाति तर्फ किरण माकजु, शिवराम श्रेष्ठ, अल्पसङ्ख्यकमा शशी बस्नेत, रमा ढकाल शिल्पकार निर्वाचित हुनुभएको छ ।