शुक्रबार, बैशाख १४, २०८१

कामदारलाई अलपत्र पार्ने १७ म्यानपावर कम्पनीमा प्रहरीको छापा

काठमाडौ फागुन १३, महानगरीय अपराध महाशाखाले बढी पैसा असुल्ने, कामदारलाई अलपत्र पार्ने, एउटा भनेर अर्कै रोजगारीमा पठाउने, पैसा लिएर पनि रोजगारीमा नपठाउनेलगायतका उजुरीका आधारमा गएराती राजधानीका १७ वटा म्यानपावर कम्पनीमा छापा मार्दै images (21)कागजपत्र नियन्त्रणमा लिएको छ ।
महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार यसरी छापा मारिएका म्यानपावर कम्पनी क्रमस रिभर ओभरसिज, क्यापिटल रिक्रुमेन्ट सर्भिस, शान इन्टरनेशनल, एभी इन्टरनेशनल, इन्नोभेटिभ ह्युमन रिसोर्स, गोरखा नेपाल लगायत १७ वटा रहेको थाहा भएको छ ।