शनिबार, बैशाख ८, २०८१

सरकारको नयाँ ऊर्जा नीति आपत्तिजनक : माओवादी

काठमाडौ फागुन १३, नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारले ऊर्जा सङ्कट समाधान गर्न भनेर ल्याएको ‘नयाँ ऊर्जा नीति’ का केही बुँदा mohan_baidhyaआपत्तिजनक रहेको भन्दै सो पार्टीका अध्यक्ष मोहन वैद्यले बुधवार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा अध्यक्ष बैधले डलरमा विद्युत् व्यापार सम्झौता (पिपिए) गरेर खिम्ति र भोटेकोसी आयोजनामा नेपाल विद्युत् प्राधिकरणलाई बर्सेनि अर्बौं घाटा लगाउँदै टाट उल्टने स्थितिमा ल्याइसकेको तीतो इतिहासलाई फेरि ऊर्जा नीतिमा निरन्तरता दिँदै डलरमा पिपिए गर्न दिनु आफैमा बदनियत रहेको जनाउँदै देशमा ऊर्जाको अनिकाल लागेका बेला ‘निर्यातमुखी अन्तरदेशीय ट्रान्समिसन लाइन’ बनाउने प्रमुख प्रावधानले देशभित्र उत्पादन भएका ऊर्जा विदेसिने र देश पूर्ण अँध्यारोतिर जाने खतरा ल्याउने उल्लेख छ । देशमा डरलाग्दो ऊर्जा सङ्कट भएरहेका बेलामा आएको नीतिमा अब १० वर्षसम्म विद्युत् निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने बुँदा थप गर्न पनि माओवादीले माग गरेको छ ।