शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको ३८ जिल्लाका जिल्ला सभापति चयन, काठमाडौं बुधवार निर्वाचन हुँदै

काठमाडौ फागुन ४,  आगामी फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न हन गइरहेको काँग्रेसको १३ औं महाधिवेशन अन्र्तगत ३८ जिल्लाका जिल्ला सभापति चयन भइसकेको समाचार प्राप्त भएको छ ।
congressर त्यस्तै  जिल्ला अधिवेशन जारी रहेकाले भोलिसम्म अधिकांश जिल्ला सभापतिको निर्वाचन सम्पन्न हुने बताइएको छ । निर्वाचन स्थगित भएका जिल्लाहरुमा पनि आज र भोलि निर्वाचन गर्ने कार्यक्रम छ ।

यसैक्रममा भक्तपुर र रोल्पामा आज अधिवेशन हुने भएको छ त्यसैगरी काठमाडौं जिल्ला अधिवेशनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।